समाचार
पुर्व विद्यार्थीद्धारा आँफु पढेको विद्यालयमा ल्यापटप सहयोग
आँधीखोला खबर
वालिङ, ३ बैशाख ।
भुपु सैनिक आवसिय माध्यमिक विद्यालय वालिङका पुर्व विद्यार्थीद्धोय गोपाल थापा र कुमार थापाले विद्यालयलाई ल्यापटप सहयोग गर्नुभएको छ । विद्यालयका पुर्व संचालक स्व. नवलबहादुर थापाका छोराहरु तथा भुपु सैनिक आवसिय माविका पुर्व विद्यार्थीद्धोय थापाले विद्यालयमा दुई थान ल्यापटप हस्तान्तरण गर्नुभएको हो । हाल युकेमा बस्दै आउनुभएका थापा दाजुभाईले आँफुले पढेको विद्यालयमा प्रविधिको उच्चतम उपयोग गरी शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउन सहयोग पु¥याउने हेतुले ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।
थापा दाजुभाईले विद्यालयका प्रिन्सीपल सोमुमाया रानालाई उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा विद्यालयका डाईरेक्टर ल्या. यामबहादुर गुरुङ, अध्यक्ष इन्द्रबहादुृर थापा, उपाध्यक्ष कुमबहादुर गुरुङ, सदस्य शान्ता थापा, पुर्व प्रिन्सीपल पुर्णबहादुर थापालगायतको सहभागिता रहेको थियो । साथै विद्यालयले नजिता प्रकाशन तथा पुरस्कार वितरण समेत गरेको छ । कक्षागत रुपमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।