अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भीरकोटमा दुई महिने ढाका बुनाई तालिम सम्पन्न

 
आँधीखोला खबर 
वालिङ, ४ बैशाख ।
भीरकोट नगरपालिका वडा नं. ३ मा ढाका बुनाई तालिम सम्पन्न भएको छ । गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्र्तगत दुई महिने ढाका बुनाई स्तरोन्नति तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले सिपको उपयोग गरी उद्यमशीलतामा लाग्न आग्रह गर्नुभयो । सिपले महिलाहरुलाई आत्मविश्वासी र सक्षम बनाउने भन्दै कुनै न कुनै सिप लिएर व्यवसायिक बन्न आग्रह गर्दै उद्यमीहरुको उत्पादनलाई बजारीकरणका लागी नगरपालिकाले सहयोग गर्ने प्रमृुख कर्माचार्यले प्रतिवद्धता व्यक्त गर्नुभयो । 
पछिल्लो समय ढाकाको बजार निकै राम्रो रहेकाले ढाकाका कपडाहरुको विक्रि वितरण गर्न सकेमा यो व्यवसायमा संभावना रहेको उहाँको भनाई छ । सामुहिक रुपमा काम गर्नुपर्ने भन्दै एकतामा बल हुने भएकाले व्यवसायिक रुपमा अगाडि बढन चाहाने उद्यमीको साथमा नगरपालिका रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती रेग्मी, योजना अधिकृत यामप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो । ५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण आथिमाया गुरुङले गर्नुभएको नगरप्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...