अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङ्जा उद्योग वाणिज्य संघको भित्तेपात्रो सार्वजनिक

 
आँधीखोला खबर
वालिङ, ६ बैशाख ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले भित्रेपात्रो बिमोचनसहित पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई स्वागत गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले संघद्धारा प्रकाशित भित्तेपात्रो बिमोचन गर्नुभएको हो ।
बिमोचन गर्दै उहाँले सरकार र निजी क्षेत्र मिलेर गरेको कामले सफलता मिल्ने बताउनुभयो । अन्र्तराष्ट्रिय क्षेत्रमा सरकारको निजी क्षेत्रबीचको सहकार्यले सफलता मिलेको जनाउदै नेपालमा भने त्यस्तो अभ्यास हुन नसकेको उहाँको भनाई छ ।
सबैको मुलनितीका रुपमा रहेको राजनीति दुषित बनाइएको जनाउदै उहाँले किशोर अवस्थामै बिदेशी मोह जाग्नु हाम्रो लागि दुर्भाग्य रहेकोमा जोड दिनुभयो । ब्यापार ब्यवसायमा अधिक नाफा नलिन पनि ब्यवसायीलाई सुझाव दिनुभयो ।
पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले निजी, सामुदायिक, गैरसरकारी संस्था र सरकारी निकायबीचको सहकार्य र एकता आवश्यक हुने बताउनुभयो । स्थानीय सरकारलाई उपलब्ध सेवा, सुविधा र अधिकारका उपयोगका लागि निजी तथा अन्य क्षेत्रसंग समेत तालमेल मिलाउनु पर्नेमा जोड दिदै नयाँ सोच सहित निजी क्षेत्रसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य र एकताको आवश्यकता औल्याउदै स्थानीय सरकारले निजी क्षेत्रसंग समन्वय गर्दे अघि बढ्नुपर्ने बताउनुभयो । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका सदस्य रविन केसीले भित्तेपात्रो प्रकाशन लगायत संघले आगामी दिन गर्न लागेका काम, योजनाका बारेमा जानकारी गराउनुभयो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, महिला उपाध्यक्ष सुनिता पौडेलले धन्यवाद एवं सदस्य प्रकाश डोटेलले संचालन गर्नुभएको थियो । संघका अध्यक्ष रविन्द्र श्रेष्ठलगायत पदाधिकारी एवं सदस्यहरुको टोलीले दोश्रो पटक पुतलीबजारमा सरुवा भईआउनु भएका हरिराम नागिलालाई स्वागत एवं सम्मान गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...