अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

निवृत्त शिक्षक मंच भीरकोटको तदर्थ समिति गठन

news

 
रेडियो आँधीखोला,
वालिङ ७ बैसाख ।
भीरकोट नगरपालिकामा निवृत्त शिक्षक मंच भीरकोट गठन गरिएको छ । अवको ६ महिनाभित्र नयाँ समिति गठन गर्ने, विधान निर्माण गर्ने गरी ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । मंच गठन कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले सेवा निवृत्त शिक्षकहरु बौद्धिक समुह भएकाले बौद्धिक समुहको सल्लाह र सुझावले नगरपालिका सफल हुने बताउनुभयो । 
नगरप्रमुख कर्माचार्यले लामो समय सक्रिय शैक्षिक सेवामा लाग्नुभएको सेवा निवृत्त शिक्षकहरुले सेवाबाट अवकास लिएपछि पनि समाज तथा समग्र शिक्षाको जगतलाई अतुलनीय योगदान दिन सक्ने बताउभुयो । कार्यक्रममा उपप्रमुख भगतवी अर्याल, नगरप्रवक्ता तथा वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी, ६ का वडा अध्यक्ष लक्ष्मण खत्रि, नेपाली कांगे्रसका नगर उपसभापति विष्णुमाया काफले, तोयनाथ अर्याल, राधा केसी, डोलराज ढुंगाना, खेम केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
खेम केसीको अध्यक्षतामा गठित तर्दथ निवृत्त शिक्षक मंच  भीरकोटको उपाध्यक्षमा राधा केसी, सचिवमा डोलराज ढुंगाना, कोषाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा डम्बरबहादुर सारु, रमेश पौडेल, जगनाथ अर्याल, नन्दलाल खनाल, शिव रेग्मी, देवि अर्याल र एक सदस्य पछि मनोनित गरिने बताईएको छ । 
वडा नं. ८ का अध्यक्ष तथा पुर्व शिक्षक नन्दलाल खनालको सक्रियातामा गठित मंचले भुपु शिक्षकबाट कोष निर्माण गर्ने, अनाथ तथा असाहय विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने, बौद्धिक जगतको रुपमा मंचलाई विस्तार गर्ने, सेवा निवृत्त दिर्घरोगी तथा समस्यामा परेका शिक्षकहरुलाई सहयोग गर्ने, मंचका छोराछोरीलाई शैक्षिक क्रियाकलापमा परेका समस्या तथा अप्ठयारोमा सहयोग गर्ने उद्देश्यले मंचको गठन गरिएको हो । ६० जना शिक्षकहरुको उपस्थितिमा गठित कार्यक्रम बयोबृद्ध शिक्षक लोकराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...