अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

आधिखोला सरसफाईको १७औँ हप्ता अन्र्तगत गेदीखोलाबाट बनविभाग टोल परिसर तथा खोला किनारमा सरसफाइ

news

 
आँधीखोला खबर
वालिङ, १० बैशाख ।
आधिखोला सरसफाईको १७औँ हप्ता अन्र्तगत हिजो शनिबार पनि आँधीखोला किनारमा सरसफाई गरिएको छ । धार्मिक तथा ऐतिहासिक सभ्यतासंग जोडिएको आँधीखोला दुषित बन्दै गएको भन्दै हरेक हप्ताको शनिबार खोला किनार सरसफाई गरिँदै आईएको छ । 
आँधीखोलाको सभ्यतालाई स्वच्छ राख्नु हामी सबैको दायित्व रहेको भन्दै भन्दै हप्तामा २ घण्टा सरसफाई हुादै आएको छ । आँधीखोला संरक्षण सरोकार मंचको अगुवाईमा हप्ताको दुई घण्टा समाज र राष्ट्रका लागि भन्दै विभिन्न आमा समुह, क्लब, टोल, सुरक्षा निकाय, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक तथा आम समुदाय सरसफाईमा सहभागि हुँदै आएका छन ।
सत्रौँ हप्ताको सरसफाई कार्यक्रममा भिरकोट, छत्तिउन, भिमटारी, क्याम्पस रोड, वगालथोक, केवरे, पित्लेकवाट समेत सर्वसाधारण सरसफाईमा जुटेको अभियन्ता प्र्रकाश अर्यालले बताउनुभयो । श्रवणकुमारको बुवाआमासंग जोडिएको अाँधिखोला पछिल्लो समय फोहोर विसर्जन गर्ने थलो बन्दै गएको छ । 
आँधीखोलाको धार्मिक तथा ऐतिहासिक महत्वलाई जोगाउँदै स्वच्छ तथा हराभरा आँधीखोला बनाउने हेतुले हरेक शनिबार मंचको सक्रियातामा सरसफाई हुँदै आएको छ । सरसफाईबाट निस्केका नकुहिने प्लाष्टिक तथा सिसाजन्य वस्तुहरु नगरपालिकाको सरसफाईको गाडिमार्फत सरसफाई केन्द्र लगिँदै आईउको छ । 
आजको आँधीखोला सरसफाई अभियान गेदीखोलाबाट बनविभाग टोलपछाडिसम्म पुगेको थियो । अर्काे हप्ता छिस्तुङ्ग हुँदै पर्वत जाने पुलसम्म पुग्ने लक्ष्य लिएको अभियन्ता अर्यालले बताउनुभयो । आँधीखोला दुषित हुँदा यहाँको वातावरण समेत दषित हुने र खोलाका जलचर प्राणी समेत संकटमा पर्ने भन्दै यहाँका केहि युवाहरु सरसफाईमा जुटेका हुन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...