समाचार
वालिङमा सुविधा सम्पन्न डेण्टल सेन्टरको सुभारम्भ
आँधीखोला खबर
वालिङ, ११ बैशाख ।
वालिङमा सुविधा सम्पन्न डेण्टर सेन्टरको सुभारम्भ गरिएको छ । आधुनिक उपकरण सहित दक्ष तथा अनुभवी दन्त विषेशज्ञद्धारा सेवा दिईने वालिङ ओरल एण्ड डेण्टल केयर संचालनमा आएको छ । डा. किरण गुरुङले संचालन गर्नुभएको डेण्टल केयरको आईतबार भीआईपि टोल एनआईसि बैंक अगाडि एक कार्यक्रम गरी सुभारम्भ गरिएको छ ।
दाँत तथा मुखको उपचारको लागी यहाँका नागरिक पोखरा तथा अन्त बाहिरी जिल्ला जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वालिङमै सर्वसुभल सेवा प्रवाह गर्ने हेतुले डेण्टल केयर संचालन गरिएको संचालक डा. किरण गुरुङले जानकारी दिनुभयो । विभिन्न स्थानमा काम गरिसक्नुभएका अनुभवी डा. तारा तिवारीद्धारा दन्त परिक्षण तथा सम्पुर्ण दाँत मुख सम्बन्धी उपचार गरिने डा. गुरुङले बताउनुभयो ।