अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङ्जाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा ३१ वटा पूर्वाधार निर्माण

news

 
आँधीखोला खबर
वालिङ, ११ बैशाख ।
स्याङ्जाका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा ३१ वटा पूर्वाधार निर्माण गरिएको छ । धार्मिक एवं पर्यटकीय स्थलहरुसम्म सहजताकासाथ पुग्नकालागि पदमार्ग निर्माण तथा पार्कहरु निर्माण गरिएको हो । स्याङ्जा सदरमुकाम पुतलीबजार १ मा अवस्थित पर्यटन तथा उद्योग कार्यालय स्याङ्जामार्फत जिल्लाका विभिन्न ठाउँमा पूर्वाधारहरु निर्माण गरेको हो ।
 
साविकमा घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा रहेकामा गत कात्तिकदेखि यस कार्यालयको नाम परिवर्तन गरी पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा राखेसँगै कार्य विवरण पनि थप भएको कार्यालय प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । स्याङ्जाका एघार वटा स्थानीय तहहरुसँगको समन्वयमा धार्मिक एवं पर्यटकीय स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्ने र त्यहाँसम्म सहज पहुँच पु¥याउन पूर्वाधार निर्माण गर्ने नीति कार्यालयको रहेको छ ।
 
“जिल्लाका विभिन्न भेगमा रहेका मठमन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक आस्थाका केन्द्रहरु र पर्यटकीय संभावना बोकेका स्थानहरुको संरक्षण, सम्बद्र्धन र पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्छौं” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्ष २०७९÷८० मा यस कार्यालयमार्फत ३१ स्थानमा पूर्वाधार निर्माण गरिरहेका छौं ।” धार्मिक मार्ग, पार्क निर्माण, पदमार्ग निर्माण गर्न चालु आर्थिक वर्षमा कूल रु. दुई करोड ५० लाख विनियोजन भएको छ ।
 
“जिल्लास्थित स्थानीय तहहरुमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको विवरण उपलब्ध गराउन पालिकाहरुमा पत्राचार गरेका छौं” उहाँले भन्नुभयो, “ऐतिहासिक, धार्मिक, एवं पर्यटकीय दृष्टिले महत्व बोकेका स्थानहरुको विवरण प्राप्त भएपछि पालिकाहरुसँग समन्वय गर्दै के कस्तो पूर्वाधारहरु निर्माण गर्ने भन्ने कार्य योजना बनाउँछौं ।”
 
जिल्लाका विभिन्न भागमा सञ्चालनमा रहेका योजनाहरुमध्ये ६ वटा सम्पन्न भईसकेका छन् । अरु योजनाहरु सम्झौता भएर काम अगाडि बढेका र केही अन्तिम चरणमा पुगेका छन् । पर्यटकीय गाउँहरुमा आउने पाहुनाहरुलाई स्थानीय परिकारका स्वादहरु उपलब्ध गराउने उद्देश्यसहित पर्यटकीय गाउँहरुमा अचार बनाउने एकहप्ते तालिम दिईएको उहाँले बताउनुभयो ।
 
साविकको कार्य विवरणमा थप भएको नयाँ कार्य विवरण अनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, गाईड, ¥याफ्टिङ लगायत साहसिक पर्यटनको प्रवद्र्धन, दर्ता अनुमति नवीकरण र नियमन गर्ने उहाँले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...