अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

चितवनमा लामिछाने र बारामा यादवको अग्रता कायमै

news

 

 बैशाख १२, काठमाण्डाै - चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उहाँ ३६ हजार १ सय ५८ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत पाउनु भएको छ भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत पाउनु भएको छ ।

यस्तै, बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवको अग्रता कायमै छ ।

उहाँले अहिलेसम्म ८ हजार ८ सय ८१ मत ल्याउनु भएको छ भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ६ हजार १ सय ७९ र एमालेका पुर्षोत्तम पौडेलले ३ हजार ५ सय ३८ मत ल्याउनु भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...