अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भीरकोटमा माटो परिक्षण प्रयोगशाला

news

 
आँधीखोला खबर
वालिङ, १२ बैशाख ।
भीरकोटमा माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । नागरिकको सुविधालाई मध्यनजर गर्दै  भीरकोट २ मा रहेको कृषि साखामा माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको हो । माटो परिक्षण प्रयोगशालाको सुभारम्भ गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले माटो परिक्षणका लागी टाढा टाढा जानुपर्ने बाध्यताको अन्त्यका लागी नगरमै प्रयोगशाला स्थापना गरिएको भन्दै प्रयोगशालाको उचित उपयोग गर्न आग्रह गर्नुभयो । 
माटो परिक्षण गरि माटो सुहाउँदो खेति गर्दै व्यवसायिक रुपमा अगाडि बढन उहाँको अनुरोध छ । समय समयमा माटो परिक्षण गर्नुपर्ने भन्दै माटोमा देखिएको समस्याको समाधान गर्दै नगरलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, वडा नं. २ का वडा अध्यक्ष श्यामकाजी अधिकारीलगायतको सहभागिता रहेको थियो । 
माटो परिक्षण प्रयोगशाला सुभारम्भका अवसरमा ५० जनाले निशुल्क माटो परिक्षण गरिनेछ भने पछि न्युनतम शुल्क तोकिनेछ । माटो परिक्षण प्रयोगशालामा पिएच, सल्फर, आईरन, पोटासियम, जिंक, नाईट्रोजनलगायत १२ थरीका तत्वहरुको परिक्षण गरिनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...