समाचार
भीरकोट पुर्णखोप सुनिश्चिता घोषणा
आँधीखोला खबर
वालिङ, १६ बैशाख ।
भीरकोट नगरपालिका पुर्णखोप सुनिश्चिता घोषणा भएको छ । नगरका ९ वटै वडा अन्र्तगत रहेका १६ देखि २३ महिना सम्मका सम्पुर्ण बालबालिकाले १५ महिनाभित्रमा सबै राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोपहरु पाईसकेको सुनिश्चितता सहित पालिका पुर्ण खोप सुनिश्चितता घोषित भएको हो । पालिकालाई पुर्ण खोप सनिश्चितता घोषणा गर्दै जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटिले भीरकोटले सकरात्मक कार्यहरु गर्दै आईरहेको भन्दै बालमैत्रि नगर भीरकोट पुर्ण खोप सुनिश्चितता समेत घोषणा भएको र आगामी दिनमा समेत नागरिकको हितमा काम गर्न सुझाव दिनुभयो ।
आजका बालबालिका भोलीका नगरका सक्षम नागरिक हुने भएकाले बालबालिकालाई स्वस्थ राखि समृद्ध नगर निर्माणका लागी सहयोग पुग्ने समन्वय प्रमुख जिटिको भनाई छ । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले नागरिकका हरेक स–साना कार्यहरुलाई पुरा गर्दै नागरिकमैत्रि कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक विष्णुप्रसाद सुवेदीले पुर्ण खोपका लागी आवश्यक सुचकहरु पुरा गरी भीरकोट पुर्ण खोप सुनिश्चितता घोषणा भएको बताउनुभयो ।
नगरप्रमुख गोविन्दकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण स्वास्थय साखा प्रमुख नारायणबन्धु कोईरालाले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्य केन्द्रका प्रतिनिधि तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ५२ जना स्वास्थ्य स्वंयमसेविकाहरुलाई परिचयपत्र, डायरी, झोला वितरण गरिएको छ । कार्यक्रममा सहभागिले प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन ।
आगामी दिनमा कुनै पनि अवस्था र परिस्थितिमा कुनै बालबालिकाहरुलाई कुनै पनि खोप लिनबाट वञ्चित हुन नदिनका लागी पालिका खोप समन्वय समिति, जनप्रतिनिधि, महिला स्वास्थ्य संयमसेविकाहरु, सञ्चारकर्मीहरु, स्वास्थ्यकर्मीहरु, आमा समुह, अन्य कर्मचारी र पालिकाबासीले प्रतिवद्धतामा हस्ताक्षर गरेका नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो ।