अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

भीरकोटमा शिक्षक संघद्धारा नवनियुक्त शिक्षकहरुलाई सम्मान तथा सम्मानपत्र प्रदान

news

 
आँधीखोला खबर
वालिङ, १७ बैशाख ।
भीरकोट नगरपालिका स्थित विभिन्न विद्यालयमा नियुक्त नवनियुक्त शिक्षकहरुलाई सम्मान गरिएको छ । भीरकोट शिक्षक संघले शिक्षक सेवा आयोग उत्तिर्ण गरी भीरकोटका विभिन्न विद्यालयमा नियुक्त भएका नवनियुक्त शिक्षकहरुलाई सम्मान तथा सम्मानपत्र प्रदान गरेको हो । सम्मान कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले शिक्षकहरुलाई बधाई दिँदै नगरको शैक्षिक गुणस्तर सुधारका लागी नवनियुक्त शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने विश्वास व्यक्त गर्नुभयो । 
नगरको एकल प्रयासले मात्रै नगर  समृद्ध नहुँने भएकाले शैक्षिक क्षेत्रको सफलताकालागी शिक्षकहरुको महत्व रहेको बताउनुभयो । शिक्षकहरुलाई उचित तालिमहरु प्रदान गर्दै विद्यालयमा प्रविधिमैत्रि शिक्षण सिकाई क्रियाकलापमा नगरपालिका लाग्ने उहाँको भनाई छ । 
कार्यक्रमनगर सभापति यामप्रसाद अधिकारी, भीरकोट १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्ष नन्दलाल खनाल, संघिय प्रतिनिधि शेषकान्त खनाल, शिक्षक समिति सदस्य देवकी रेग्मी, निर्वतमान अध्यक्ष रेशम खनाल, बालमैत्रि नगर सहजकर्ता विष्णुमाया काफले, प्याप्सन केन्द्रिय सदस्य अमृत अर्याल,जिल्ला सचिव युवराज ढकाललगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष चोलाकान्त काफलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत रिबन विक र संचालन कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...