अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट नगरपालिका वडा नंं. ८ द्धारा महिलाहरुलाई अनुदानमा कम्बाईन मिल वितरण

news

 
आँधीखोला खबर
वालिङ, १८ बैशाख ।
भीरकोट नगरपालिका वडा नंं. ८ ले महिलाहरुलाई अनुदानमा कम्बाईन मिल वितरण गरेको छ । महिलाहरुलाई आर्यआर्जनसम्म जोडनका लागी वडा नंं ८ ले ५० प्रतिशत अनुदानमा कम्बाईन मिल वितरण गरेको हो । वडाभित्र रहेका आमा समुहमा अवद्ध महिलाहरुलाई ९ जनालाई कम्बाईन मिल वितरण गरिएको वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो । 
मिल वितरण गर्दै नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले प्रविधिको उपयोग गरी आर्थिक उर्पाजनतर्फ लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । परम्परागत कुटानी पिसानीको उपकरणको उपयोग गरेर दैनिकि चलाईरहनुभएका महिलाहरुलाई आधुनिक प्रविधिको कम्बाईन मिलले दैनिकिलाई सहज बनाउने र आर्थिक पक्ष पनि बलियो हुने बताउनुभयो । 
वडा अध्यक्ष नन्दलाल खनालले कम्बाईन मिलसंगैै कुखुरा तथा भैँसी पालन गरी व्यवासयिक रुपमा अगाडि बढन महिला दिदिबहिनीहरुलाई आग्रह गर्नुभयो । नयाँ आर्थिक वर्ष शुरु भएसंगै सुत्केरी महिलाहरुलाई भेटघाट तथा उपहार प्रदान गर्ने योजना अगाडि बढाईएको भन्दै वडाले महिलाहरुको आर्थिक तथा सामाजिक पक्ष बलियो बनाउन वडा प्रतिवद्ध रहेको बताउनुभयो । 
वडाभित्र रहेका ९ आमा समुह अन्र्तगतका महिलाहरुलाई ९ वटा कम्बाईन मिल वितरण गरिएको भन्दै आगामि वर्ष समेत अन्य समुहका महिलाहरुलाई मिल उपलब्ध गराईने वडा अध्यक्ष खनालले बताउनुभयो । ४२ हजारको कम्बाईन मिल ५० प्रतिशत अनुदानमा २१ हजारमा महिलाहरुले मिल लगेका हुन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...