अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल टे«ड युनियन महासंघ जिफन्टद्धारा मजदुर दिवस मनायो

 
आँधीखोला खबर
वालिङ, १९ बैशाख ।
नेपाल टे«ड युनियन महासंघ जिफन्ट पुतलीबजार नगरकमिटि स्याङ्जाले १३४औँ मजदुर दिवस मनाएको छ । दिवसका अवसरमा जिफन्टले पैदल रयाली गरेको हो । रयालीले बजार परिक्रमा गरी कोणसभामा परिणत भएको हो । कोणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पुर्व मन्त्री सिता सुन्दासले सम्पुर्ण श्रमिक तथा रोजगारदाताहरु सामाजिक सुरक्षामा सुचिकरण भई भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले सम्पुर्ण श्रमिकहरुको हकहितका लागी प्रतिवद्ध रहेको भन्दै श्रमिकहरु बिना कुनै पनि प्रकारको विकास र समृद्धि संभव नरहेको भन्दै श्रमिकप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सिमा क्षेत्रि, गण्डकी प्रदेशका सचिवाल सदस्य तथा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, गण्डकी प्रदेश सदस्य रामबहादुर थापा, जिल्ला समन्वय समिति उपप्रमुख खडकराज सुवेदी, इन्द्र राना बलु, अमृत श्रेष्ठ, ओमबहादुर खडका, महेश पुरी, अनन्त श्रेष्ठ, मेघ प्रनेश,लक्ष्मी थापा, शनबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा पुतलीबजार ११ का मृगौला पिडित बाग्मती गुरुङलाई जिफन्टको एकतावद्ध कोषबाट ३० हजार र पुतलीबजार १३ का पक्षघात भएका देउभक्त विकलाई ४ हजार आर्थिक सहयोग प्रदान गरिउको छ । कार्यक्रम उमादेवि बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सुभाष खाती र स्वागत गिता विकले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...