अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नजिक : रोकिएको फाइनल खेल आज

 

  बैशाख १९, काठमाण्डाै - नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । यो खेलमा नेपाल बलियो अवस्थामा छ । खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु हुनेछ ।

कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ । आजको ‘रिजर्भ डे’ मा बिहान ९ बजे यूएईले खेल थाल्नेछ । नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ ।

ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।  एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ।

आजको खेलमा दर्शकलाई नि:शुल्क प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...