अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सुन अहिलेसम्मकै महँगो, तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ पुग्यो

news

बैशाख २१,

काठमाण्डाै - सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते सुनको भाउ तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो । आज फेरि त्यो रेकर्ड तोड्दै सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको हो ।

अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । बैंक टाट पल्टिएसँगै विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ । लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उहाँको भनाइ  छ । अमेरिकामा यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक पनि टाट पल्टिएको घोषणा गरिएको थियो ।  

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...