अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्दै

news

बैशाख २१, काठमाण्डौ – नेपालबाट वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्न थालेको छ ।

लामो समयदेखि नेपालबाट हातमा सीप नभएका श्रमिकहरू बिदेसिने क्रम रहँदै आएपछि पछिल्लो केही समययता दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्कले देखाएको छ । 

आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना महामारीको कारण एक लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारीमा गएकोमा ७० हजारभन्दा धेरै दक्ष अर्थात् सीपयुक्त रहेको विभागको तथ्याङ्क छ ।

यस आर्थिक वर्षमा ८० हजार तीन सय ८२ जना अदक्ष(सीप नभएका) श्रमिकलाई विभागले श्रम स्वीकृति दिएको छ भने १५ हजार ५८३ जना अर्धदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा दुई लाख ९१ हजार ८८९ जना दक्ष(सीपयुक्त) श्रमिक रहेका छन् । यो सङ्ख्या अदक्ष श्रमिकभन्दा झण्डै १० हजारले बढी हो ।

अदक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिनेहरूको सङ्ख्या दुई लाख ८३ हजार ६८ जना रहेको विभागले जनाएको छ । 

यस आर्थिक वर्षमा ५४ हजार ३२८ जना अर्धदक्ष, ६८० जना व्यवसायीक र १२५ जना उच्च सीप भएकाहरूले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...