अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ ५ मा कृषकहरुलाई व्यावसायिक तरकारी खेति सम्बन्धी तालिम र विउविजन बितरण

news

 
आँधीखोला खबर
वालिङ, २२ बैशाख ।
स्याङ्जाको वालिङ ५ पित्लेक पाडेथोकमा जलवायु मैत्री नमुना कृषि गाउ कार्यक्रम अन्तरगत जनकल्याण कृषक सहकारी सस्थाको आयोजनामा व्यावसायिक तरकारी खेति सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाको आर्थिक सहयोगमा पित्लेक पाडेथोकमा कृषकहरुलाई अभिमुखिकरण तालिम सञ्चालन गरिएको हो । 
कृषि तथा तरकारी खेतीमा लागेका कृषकहरुलाई थप व्यावसायिक बनाउने उद्देश्यसहित कृषिसम्बन्धी तालिम चलाइएको आयोजकले जनाएका छन् । तालिमको समापन कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र स्याङ्जाका कृषि प्रसार अधिकृत इश्वरि प्रसाद अर्यालले कृषि तथा तरकारी खेतीमा रोजगारको सिर्जना गरेर विदेशिने युवाहरुलाई रोक्नुपर्ने मा जोड दिनुभयो । उहाले पछिल्लो समय कृषि तथा तरकारी खेतीमा बढ्दो विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गरेको बताउँदै खेतबारीमा विषादीको प्रयोगलाई रोकेर अर्गानिक उत्पादन गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा वालिङ ५ का वडा सदस्य राम प्रसाद लामिछानेले कृषकहरुको लागि यो तालिम अत्यन्तै उपयोगी रहेको र यो तालिमले यस क्षेत्रको उत्पादनलाइ बढाउन सहयोग पुग्ने बताउनु भयो । कृषि ज्ञान केन्द्र स्याङ्जाकि कृषि प्राविधिक लक्ष्मि अधिकारि  सहकारिकि सदस्य सिता पौडेल लगायतले बोल्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा व्यवसायिक तरकारी खेती उत्पादन, प्लाष्टिकको घर निर्माण, त्यसभित्र तरकारी खेती उत्पादन, मौसमी तथा बेमौसमी तरकारी खेती, रोग किराको नियन्त्रण र विषादीरहित तरकारी उत्पादनका विषयहरुमा कृषि ज्ञान केन्द्र स्याङ्जाका कृषि प्रसार अधिकृत इश्वरि प्रसाद अर्याल र प्राविधिक लक्ष्मि अधिकारीले प्रशिक्षण गर्नुभयको थियो । तालिममा ४० जना तरकारी उत्पादन गर्दै आइरहेका कृषकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम ४० जना व्यावसायिक कृषकहरुलाई गौरभ ५५५ काउलि, बन्दा,उनसरि टमाटर, मिटरबोडि, सिमि, भेन्डि लगायतका  बिउविजन ८५% अनुदानमा कृषकहरुलाई वितरण  गरिएको जनकल्याण कृषक सहकारी सस्थाका अध्यक्ष निलकण्ठ लामिछानेले बताउनु भयो । कार्यक्रम जनकल्याण कृषक सहकारी सस्थाका अध्यक्ष लामिछानेको अध्यक्षता र व्यवस्थापक हुमनाथ लामिछाने स्वागत सँगै सुरु भयको कार्यक्रमको सञ्चालन जनकल्याण कृषक सहकारी सस्थाका सचिव नारायण प्रसाद लामिछानेले गर्नु भयको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...