अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

क्यालेन्डर विमोचन तथा शिक्षक सम्मान

 
 
रेडियो आँधीखोला,
वालिङ २३ बैसाख ।
स्याङ्जामा क्यालेन्डर विमोचन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार  नगरपालिका – १ नेकपा एमाले पार्टी कार्यालयको भबनमा नेपाल राष्ट्रिय  शिक्षक संगठन पुतलीबजार नगर समितीले नयाँ वर्ष २०८० को क्यालेन्डर विमोचन तथा शैक्षिक अन्तरक्रिया एव शिक्षक सम्मान कार्यक्रम  सम्पन्न भएको हो । 
विमोचन तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री सीता सुन्दासले शिक्षकहरुले असल नागरिक निर्माणमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको भन्दै शैक्षिक गुणस्तरीयता कायम राख्दै आफ्नो क्षेत्रमा थप क्रियाशिल भएर लाग्न आग्रह गर्नुभयो । शिक्षकहरुले कुनै पनि व्यक्तिको जिवनमा उज्यालोपना ल्याउन सक्ने भन्दै शिक्षाको उज्यालो ज्योति छर्ने शिक्षकहरुलाई राष्टले सोहि तरिकाले सम्मान गर्नुपर्ने बताउनुभयो ।  
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सिमा छेत्रि, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य नारायण प्रसाद मरासिनी , नेकपा एमाले जिल्ला कमिटी  स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैरे ( पारस) , नेपाल शिक्षक संगठन स्याङ्जा अध्यक्ष हिमलाल ढकाल, पार्टीका प्रतिनिधि र कार्यकर्ताहरुको सहभागिता रहेको थियो कार्यक्रम एमाले पुतलीबजार नगर कमिटीका अध्यक्ष भरत बहादुर गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...