अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आँधीखोला सरसफाईको २०औँ हप्ता अन्र्तगत वालिङ ९ स्थित आँधीखोला परिसरमा सरसफाई

news

 
आँधीखोला खबर
वालिङ, २४ बैशाख ।
आँधीखोला सरसफाईको २०औँ हप्ता अन्र्तगत वालिङ ९ स्थित आँधीखोला परिसरमा सरसफाई गरिएको छ । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलाको अस्तित्वलाई जोगाउन यहाँका केहि युवाहरु मिलेर आँधीखोला सरोकार मञ्च गठन गरि सरसफाई अभियान शुरु गरेका हुन् । पछिल्लो समय वालिङमा बजारीकरण तथा मानिसको जनघनत्व बढेसंगै धार्मिक महत्वको आँधीखोला सरसफाई बिर्सजन स्थल बन्दै गएको छ । 
आँधीखोलालाई सफा तथा स्वच्छ राखी धार्मिक गन्त्व्यको रुपमा विकास गर्नका लागी आजभन्दा ५ महिना अगाडि आँधीखोला सरोकार मञ्च मार्फत सरसफाई अभियान संचालन गरिएको अभियन्ता प्रकाश अर्यालले जानकारी दिनुभयो । २० हप्तासम्म आईपुग्दा यहाँका विभिन्न समुह, क्लब, सहकारी, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । वालिङ ८ सुर्कौँदीबाट शुरु गरिएको सरसफाई अभियान वालिङ ९ सम्म पुगेको छ । 
९ स्थित आँधीखोला किनार सरसफाईमा विभिन्न क्लब, आमा समुह तथा सर्वसाधारणको निकै उत्साहजनक सहभागिता रहेको थियो । आजको सरसफाईबाट ४ ट्रिपर फोहोर निकालिएको छ । आँधीखोला सरोकार मंचले आँधीखोला सरसफाई राख्नका लागी सरसफाई अभियानसंगै जनचेतनामुलक ¥याली, माईकिङ समेत गरी नागरिकस्तरमा चेतनाको विकास गर्ने प्रयास गरिरहेको छ । 
श्रवणकुमारको मातापिताको आँसुबाट उत्पत्ति भएको आँधीखोलाको धार्मिक महत्व रहेतापनि सहि संरक्षण तथा संर्वद्धन हुँन नसक्दा खोलाको महत्व कम हुँदै जाने, खोलामा भएका जलचर प्राणी संकटमा आउने र वातावरणीय प्रदुषण हुने भन्दै युवाहरुले सरसफाई तथा संरक्षण अभियान थालेका हुन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...