समाचार
नेकपा एमालेद्धारा पार्टी र जनप्रतिनिधिबीच अन्र्तक्रिया
आँधखोला खबर
वालिङ, २६ बैशाख ।
नेकपा एमाले वालिङ नगरकमिटिले पार्टी र जनप्रतिनिधिसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वालिङको समग्र विकासको लागी जनप्रतिनिधि र पार्टीबीचको भुमिकाका विषयमा छलफल भएको हो ।
पार्टी र जनप्रतिनिधिको भुमिकालाई कसरी फलदायी बनाउने जनताका गुनासाहरुलाई कसरी समाधान गर्दै वालिङलाई नमुना बनाउने भन्ने विषयमा छलफल भएको हो । बजेट निर्माण तथा कार्यान्वयनको पक्षमा नगरपालिकाको तर्फबाट जनसरोकारका विषयहरुमा ध्यानार्कषण गराईएको छ ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीले समग्र वालिङको विकासमा विगतको समिक्षा गर्दै भावी योजना निर्माण, निति तथा कार्ययोजनाहरु र बजेट विनियोजन गर्ने सन्र्दभमा जनचाहाना, स्रोतसाधन परिचालन र जनप्रतिनिधिहरुको भुमिकालाई प्रभावकारी बनाउदै सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियानलाई सफल पार्नुपर्नेमा जोड दिनुभयो । राष्टिय तथा केन्द्रिय सरकारबाट कार्यान्वयन हुने योजना, प्रदेशबाट कार्यान्वयन हुने योजना र पालिकाबाट सम्पन्न हुने योजना कार्यान्वयनका विषयमा एमाले जिल्ला उपाध्यक्ष तथा नगरप्रमुख कृष्ण खांणले पहल तथा कार्यान्वयन गर्ने विषयमा ध्यानार्कषण गर्दै नगरमा भएका विविध विषयमा जानकारी गराउनुभयो ।
कार्यक्रममा एमाले नेता उदय श्रेष्ठ, राजेन्द्र डुम्रे, वाईबि कुँवर, भरतप्रसाद बगाल,े डा. अच्युतशरण अर्याल, ताराप्रसाद श्रेष्ठ, चेतनारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रम एमाले अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।