समाचार
रातो च्याउ सम्बन्धी सिपमुलक तालिम वालिङमा सम्पन्न
आँधखोला खबर
वालिङ, २६ बैशाख ।
वालिङमा रातो च्याउ सम्बन्धी व्यवसायिक सिपमुलक तालिम सम्पन्न भएको छ । रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङ ६ मिर्दिको आयोजना र भैरव च्याउ उद्योग तानसेन पाल्पाको प्राविधिक सहयोगमा तालिम दिईएको हो । तालिमको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले भाषण भन्दा काममा विश्वास गर्नुपर्ने भन्दै अब काम गर्ने तौरतरिका परिर्वतन गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाले पारदर्शिताका लागी कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरेको भन्दै हरेक संस्था पारदर्शि हुनुपर्ने भन्दै यस क्षेत्रमा रिद्धिसिद्धि सहकारीले पु¥याएको योगदान निकै सकरात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जे गछौँ जनताकै अगाडि गछौँ । जनताले चुनेर पठाएका हामी जनप्रतिनिधि काम गरिएन भने जनतालाई धोका हुन्छ ।’ सहकारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केहि दिनमै सहकारीहरुसंग छलफल गरी कार्ययोजना बनाएर सहकारीलाई उत्पादनमुलक कार्यमा लाग्न अभिप्रेरित गरिने बताउनुभयो । नागरिकको समृद्धिका लागी शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा काम गर्नुपर्ने भन्दै रोजगारीका लागी कृषिको संभावनालाई उजागर गर्नुपर्ने नगरप्रमुख खांणले बताउनुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष मुक्तिप्रसाद पाण्डेले सहकारीले आफ्ना सदस्यहरुलाई आयआर्जनसंग जोड्नका लागी सिपमुलक तालिमको आयोजना गरिएको भन्दै सहकारीले ३६० दिन सेवा प्रवाह गरिहेको बताउनुभयो । सहकारीले आसह्य बालबालिकाका लागी शैक्षिक सामाग्री, विभिन्न सहयोग तथा सम्मान कार्यक्रमलगायतका कार्यहरु गर्दै आएको बताउनुभयो । कार्यक्रममा भैरव च्याउ उद्योगका संचालक केशबबहादुर कार्की, सागर तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मुक्तिप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नेत्रप्रसाद पाण्डे र संचालन सदस्य शान्ता थापाले गर्नुभएको थियो ।