समाचार
स्याङ्जाको चापाकोटमा ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न
आँधीखोला खबर
वालिङ, २८ बैशाख ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । चापाकोट नगरपालिकाको समन्वय, इलाका प्रहरी कार्यालय चापाकोट र अस्थायी ट्राफिक प्रहरी पोष्ट चापाकोटको आयोजनामा गरिएको उक्त कार्यक्रममा सचेतना बोर्ड राख्ने, सन्देश मुलुक सुचना प्रवाह गर्ने, पैदल यात्रुलाई बाटो क्रस गर्ने क्रममा ध्यान दिनुपर्ने कुराहरु र सवारी चालकहरु सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने लगायतका बारेमा सचेतना कार्यक्रममा जानकारी गराइएको थियो।
सडकमा हुने दुर्घटना न्यूनिकरण गर्न उपायहरुको बारेमा सडकमा नै जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरिक्षक शालिक खनालले बताउनु भयो। जहाँ सवारी साधनमा ‘म जिम्मेवार चालक’को स्टिकर टास्ने, पर्चा पम्पेलेट प्रदान गर्ने, सडक वारपार गर्न सिकाउने, सचेतना बोर्ड राख्ने,चालक र यात्रुले ध्यान दिनुपर्ने कुराहरुको बारे जनचेतना फैलाएको अस्थायी ट्राफिक पोस्ट चापाकोटका प्रहरी जवान सतन प्रसाद धोबिले जानकारी दिनुभयो ।