अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

फेरि बढ्यो प्रदूषण : काठमाण्डौ, पाटन, धनकुटालगायत सहरको हावा अस्वस्थकर

news

 

 बैशाख २९, काठमाण्डाै - वायु प्रदूषण फेरि बढ्न थालेको छ । पानी नपर्दा र डढेलोको घटना बढेकाले प्रदूषण पनि बढेको हो । यस्तै, गाडीबाट निस्किएको धुवाँका कारण  पनि वातावरण प्रदूषित भएको छ ।

हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआईका अनुसार अहिले ललितपुर पाटनको एक्यूआई १७६, काठमाण्डौ कीर्तिपुरको १६३, रत्नपार्कको १६३, नारायणीको १७१ र धनकुटाको १५५ रहेको छ ।

एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई हानिकारक मानिन्छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआई एक सय ५० भन्दा माथि छ ।

स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्यविज्ञहरुको सुझाव छ । प्रदूषणकै कारण काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।

यस्तै, भक्तपुर, मध्यपुर थिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेका वर्गका लागि अस्वस्थकर देखिएको छ ।  यी क्षेत्रको एक्यूआई एक सय ५० भन्दा कम छ । यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...