अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गल्याङको वडा तहमा कृषि तथा पशु स्वास्थ्य उपाचार, ३ हजार भन्दा धेरै पशुको उपचार

 
आँधीखोला खबर
वालिङ, ३० बैशाख ।
गल्याङ नगरपालिकाले कृषि तथा पशु स्वास्थ्य शिविर मार्फत कृषकहरुलाई वडा तहमा पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले प्रत्येक वडा वडामा पुगेर यो शिविर संचालन गरेको हो । वडा तहमै आफ्ना कृषि तथा पशु स्वास्थ्यमा देखिएको समस्या समाधान भएपछि स्थानीय खुसी भएका छन् । शिविरमा कृषि तर्फ माटो परिक्षण, बाली उपचारको सेवा प्रदान गरिएको छ भने पशुतर्फ गोबर जाँच, दुध परिक्षण, पशु उपचार, खसी पार्ने, कुकुर विरालोलाई रेविज खोप प्रदानलगायतका सेवा तथा परामर्श प्रदान गरिएको हो । 
११ वडा वडा रहेको गल्याङमा वडा नं. १, २, ४, ५, ६, ७, ९, १० र ११ नम्बर वडाहरुमा कृषि तथा पशु साखाका प्रविधिकहरुको टोलीले सेवा प्रदान गरेको हो । वडा नं. ३ र ८ बाँकी रहेको छ । यी दुई वडा यही बैसाख महिनामा सकिनेछ । ६६७ घरपरिवार अन्र्तगत १ हजार २५६ पशुको गोबर परिक्षण, ११२ पशुलाई रेविज खोप, १११ खसी निर्माण गरी ३ हजार १५४ पशुको स्वास्थ्य उपचार गरिएको छ । सिहंदरबारको अधिकार घरघरमा भन्ने नाराको प्रत्याभुत दिलाउनका लागी वडागत रुपमा पुगेर नागरिकको सेवामा लागिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । 
यसअघि मानिसका लागी वडा वडामा विषेशज्ञ सहितको शिविर संचालन गरिएको भन्दै नगरभित्र कृषकहरुले पाल्नुभएको पशुहरुको स्वास्थ्य उपचार तथा कृषि खेतिमा देखिएको समस्या समाधानका लागी यो शिविरको आयोजना गरिएको प्रमुख भट्राईले बताउनुभयो । नगरको समृद्धिको लागी यहाँका स्थानीयसंग जोडिएका स–साना समस्याहरुको पनि समाधान गर्न आवश्यक रहेको भन्दै कृषि तथा पशुपालनमा गल्याङलाई नमुना बनाईने नगरप्रमुख भट्टराईको जोड छ । 
गल्याङ नगरपालिकाले नागरिकमैत्रि कार्ययोजनामा जोड दिएको भन्दै युवा तथा महिलाहरुलाई उद्यमशीलतामा अभिप्रेरित गर्नका लागी विभिन्न अनुदानका कार्यक्रमहरुलाई समेत अगाडि बढाएको उपप्रमुख हेमा न्यौपानेको भनाई छ । यसपटक यस्ता खालका शिविरहरु वडा तहमा गरिएको र यो कार्यक्रम आगामी वर्ष टोल टोलमा संचालन गरिने भन्दै गल्याङ नगरपालिकाले कृषि तथा पशुपालक कृषकहरुलाई अनुदान समेत प्रदान गरिरहेको प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माको भनाई छ । 
वडा तहमै पशु तथा कृषिको उपचार पाएपछि कृषकहरु निकै खुसी भएको पशु साखा प्रमुख शुसिल अर्यालले बताउनुभयो । शिविरमा धेरै कृषकहरुले फौजी किराको उपचार लिएको र माटो परिक्षण गरी सोही अनुसारको खेति गर्नका लागी सघाउ पुग्ने पशु साखा प्रमुख अर्यालको भनाई छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...