अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९४ पुग्यो, महामारीकै रुप लिन सक्ने चेतावनी

news

 

  बैशाख ३०, दक्षिणपूर्वी इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार ज्यान गुमाउनेको संख्या ९४ जना पुगेको हो ।

हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरिएको छ । यूएनओसीएचएले इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने चेतावनी दिएको छ । विशेष गरी सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण त्यहाँ हैजाको जोखिम उच्च छ । यूएनओसीएचएले मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको पनि जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...