अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

एक घर एक धारा अभियानलाई प्रभावकारी बनाऔँछौँ ः मन्त्री तिवारी

news

 
रेडियो आँधीखोला,
वालिङ ३१ बैसाख ।
सत्यशिला माध्यमिक विद्यालय गल्याङ ५ स्यालबासको विद्यालय प्रथम ऐतिहासिक अभिलेखिकरण तथा ६४औँ वार्शिकोत्सव सम्पन्न भएको छ । कार्यक्रमको उद्दघाटन गर्दै गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले देशमा संघिय संरचना कार्यान्वयन भएपनि अझै पनि नागरिकको आधारभुत आवश्यकताहरु पुरा हुन नसकेको बताउनुभयो । 
नागरिकले पिउने पानीका लागी धेरै दुख पाईरहेको, गुणस्तरीय शिक्षा सहज रुपमा बालबालिकाले प्राप्त गर्न नसकेको अवस्थामा नागरिकका आधारभुत आवश्यकतालाई सहज पुर्ति गर्नका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री तिवारीले बताउनुभयो । प्रदेश सरकारले एक घर एक धारा अभियान ल्याएको भन्दै त्यो अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागी वर्तमान सरकार लागिपरेको मन्त्री तिवारीले बताउनुभयो । सडक पुर्वाधारको विकास गर्दै स्थानीयले उत्पादन गर्नुभएको उपजहरुको बजारीकरण गर्दै जिल्लाका विकट मानिएका वडाहरुको पहिचान गरी नागरिकको जिवनस्तरलाई सहज बनाउने प्रयास प्रदेश सरकारले गर्ने मन्त्री तिवारीको भनाई छ । 
कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेश भट्राईले सामुदायिक विद्यालयमा राज्यले धेरै खर्च तथा लगानी गरेको भन्दै अपेक्षित उपलब्धी हाँसिल गर्न नसकिएको बताउनुभयो । प्रतिविद्यार्थी राज्यले हजारौँ खर्च गरेपनि सोहि अनुसारको उपलब्धी लिन नसकिएको अवस्थामा राज्यका सम्बन्धीत निकाय तथा शिक्षक, अभिभावक र विद्यार्थी पनि यसमा गम्भीर हुनुपर्ने सांसद भट्राईको भनाई छ । कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, संस्थापक देवी प्रसाद बस्याल, पूर्व अध्यक्ष जय बहादुर भट्टराई लगायतले ग्रामिण क्षेत्रको विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गरेर बसाई सराई रोक्नु पर्ने र विद्यार्थीहरुलाई समयानुकुल व्यवहारिक जीवन उपयोगी शिक्षा प्रदान गर्नु पर्ने कुरा बताएउनु भयो ।
कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योग्दान पु¥याउने जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समिति,पूर्व प्रअहरु,पूर्वशिक्षक लगायतलाई सम्मान साथै स्मारीका विर्मोचन गरिएको थियो ।कार्यक्रम बैशाख २८ गते उद्घाटन गरिएको कार्यक्रम तीन दिन सम्म सञ्चालन भई ३० गते सम्पन्न भएको थियो । कार्यक्रममा हास्य कलाकार पुरुषोतम भण्डारी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति समेत रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ड्याम बहादुर पाडे मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य हुम बहादुर क्षेत्रीले र कार्यक्रमको सञ्चालन भूतपूर्व विद्यार्थीहरु द्वय श्याम राना मगर र कल्पना पाडे मगरले गर्नु भएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...