अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

नेपाल शिक्षक संघको ३४ औ स्थापना दिवस

news

 
 
रेडियो आँधीखोला,
वालिङ ३१ बैसाख ।
नेपाल शिक्षक संघको ३४ औ स्थापना दिवस पुतलीबजारमा मनाइएको छ । पुतलीबजार नगरपालिका शिक्षक संघको आयोजनामा क्यालेण्डर सार्वजनिक सहित सम्मान कार्यक्रम गरेर मनाएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले शिक्षा समृद्धि र विकास एक अर्काका परिपुरक रहेको जनाउदै सबै नागरिकले शिक्षा पाउनु पर्ने बताउनुभयो । सबैका लागि शिक्षा उपलब्ध गराउन नगरपालिका प्रतिवद्ध रहेको जनाउदै उहाले शैक्षिक गुणस्तर बृद्धिका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा उपप्रमुख देवी अर्याल, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाली कांग्रेस प्रदेशसभा सदस्य कुमबहादुर थापा (बाबु), शिक्षक संघका जिल्ला अध्यक्ष पशुपति पौडेल, महाधिवेशन प्रतिनिधि सीता गैह्रे, शिक्षक संघका गायत्री आचार्य, महासंघका उपाध्यक्ष बन्दना लम्साल, शिक्षक बिष्णु चापागाई, नेपाली कांग्रेसका सहसचिव धुवबन्धु पौडेल, महासमिति सदस्य अनुप श्रेष्ठ, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी, वडाध्यक्ष अग्नी पौडेल, कांग्रेस वडासभापति कमलकान्त उपाध्याय, शिक्षक प्रेमराज पौडेल, अर्जुन पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
नगर अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक कृष्ण गोदारले क्याण्डर प्रकाशनका बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन सचिव कृष्ण लामिछानेले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...