समाचार
वालिङ जेसिजद्वारा भित्तेपात्रो विमोचन
आँधीखोला खबर
वालिङ, १२ जेठ ।
वालिङ जेसिजले २०८० सालको भित्तेपात्रो विमोचन गरेको छ । क्लवले तयार पारेको भित्तेपात्रो बिहिबार विमोचन गरिएको हो । राष्ट्रिय उपाध्यक्षको शाखा भेटघाट कार्यक्रममा नयाँ भित्तेपात्रो विमोचन गरिएको हो ।
भित्तेपात्रो विमोचन गर्दै नेपाल जेसिजका उपाध्यक्ष चन्द्रमणी भुसालले जेसिज अभियानले व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । युवावर्गको विकासले समाज तथा देशको अवस्था परिवर्तन गर्न सकिने उल्लेख गर्दै भुसालले जेसिजले आयोजना गरेका धेरै कार्यक्रमहरु युवा लक्षित हुने उल्लेख गर्नुभयो ।
उपाध्यक्ष भुसालले शासन विधिको हुनुपर्ने उल्लेख गर्दै स्थानीय सरकार सबलीकरणको लागि जेसिजले तालिम,गोष्ठी,सेमिनार लगायतका कार्यक्रमहरु आयोजना गरी सहयोग गरेको जानकारी दिनुभयो ।
भेटघाट कार्यक्रममा वालिङ जेसिज वर्ष २०२३ का अध्यक्ष मणी प्रसाद अर्यालले वालिङ जेसिजले व्यक्तित्व र समाज परिवर्तनका लागि कामहरु गरेको जानकारी दिनुभयो । उहाँले वालिङ जेसिजले केही समय अगाडि वालिङ नगरपालिकाका जनप्रतिनिधिहरुको लागि संसदीय अभ्यास प्रणालीको विकास सन्दर्भमा तालिम प्रदान गरेको उल्लेख गर्नुभयो ।