समाचार
विश्व हिन्दु युवासंघ स्याङ्जाद्धारा क्यालेण्डर विमोचन
आँधीखोला खबर
वालिङ, १४ जेठ ।
बिश्व हिन्दु युवा संघ स्याङ्जाले संस्कृत भाषाको महत्त्व ,सरक्षण र प्रचार अन्तर्कृया कार्यक्रम एबम क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार छायाँक्षेत्र मन्दिर छाङछाङदीमा सम्पन्न कार्यक्रममा भिरकोट नगर प्रबक्ता दिपेन्द्र केसिले संस्कृत भाषाको ठूलो महत्त्व रहेको र यसको बारेमा हामिले अब बुझ्न ढिला गर्न नहुने कुरा बताउनु भएको थियो । उहाले आफ्नो मौलिक परम्परा ,धर्म ,संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको भन्दै बिश्व हिन्दु युवा संघ स्याङ्जाले उदाहरणिय कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष नन्द लाल खनालले सनातन हिन्दु संस्कृति को जगेर्ना र प्रचार प्रसार गर्न पर्ने कुरा उहाले बताउनु भएको थियो । उहाले संस्कृत भाषा क्लास पनि अब सन्चालन गर्न पर्ने र राम्रा पक्ष को प्रचार गर्न पर्ने कुरा बताउनु भएको थियो।
संघका अध्यक्ष नबराज पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जाले गरेका कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो। उहाले संस्कृतलाई हामिले पुजा पाठ को रुपमा मात्रै हेर्न नहुने भन्दै संस्कृत भनेको बिज्ञान भएकाले धेरै कुरा हरुको आबिश्कार भएको कुरा बताउनु भएको थियो । सबै सभ्यताको मुल बिषय भनेको नै संस्कृत भएको भन्दै नेपाल पुर्बिय दर्शनको आधारमा चल्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजसेबी गोबिन्द पङेनी ,बिष्णु माया काफ्ले लगायतले आफ्नो मनतब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मनतब्य जिल्ला सदस्य बबिन पाठकले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन जिल्ला प्रबक्ता हरि रेग्मिले गर्नुभएको थियो ।