अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा योङ वुमन लिडरसिप प्रोगाम २०२३ को सिजन २ शुरु

news

 
आँधीखोला खबर
वालिङ, १५ जेठ ।
वालिङमा योङ वुमन लिडरसिप प्रोगाम २०२३ को सिजन २ शुरु भएको छ । महिला नेतृत्व नेपाल काठमाडौको आयोजना र वालिङ बहुमुखी कयाम्पसको सहकार्यमा आईतबारदेखि वालिङमा योङ वुमन लिडरसिप प्रोगामको सिजन २ शुरु भएको हो । 
कार्यक्रमको उद्दघाटन गर्दै वालिङ बहुमुखी क्याम्पस प्रमुख युवराज पाठकले असल नेतृत्वका लागी समय व्यवस्थापन, सामाजिक व्यवस्था अनुसार आँफूलाई स्थापित गर्न सक्नुपर्ने भन्दै यस्ता तालिमले सक्षम महिला नेतृत्व निर्माणमा सघाउ पु¥याउने बताउनुभयो । तालिम लिईसकेपछि समाज रुपान्तरणका लागी सहभागिहरु सक्षम हुने र अध्ययनसंगै समृद्ध समाज निर्माणमा लागिपर्ने क्याम्पस प्रमुख पाठकको अपेक्षा छ । 
कार्यक्रममा महिला नेतृ सोमुमाया रानाले स्याङ्जामा महिला नेतृत्व विकासका लागी यो कार्यक्रमले सकरात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै महिला नेतृत्व नेपाल काठमाडौका डाईरेक्टर मनिल श्रेष्ठले देशभरीको महिला नेतृत्व कार्यक्रममा दोस्रो पटक वालिङ क्याम्पसले कार्यक्रमको सहजीकरण गरी यहाँका छात्राहरुलाई अध्ययनसंगै सामाजिक रुपमा अगाडि बढाउन प्रेरित गर्दै आएको बताउनुभयो । 
कार्यक्रममा महिला नेतृत्व नेपालका डिस्टिक प्रोगाम कोर्डिनेटर उमेश दर्लामीले यो तालिमले नयाँ पुस्ताको महिला नेतृत्व विकास गरी समाजमा महिलाहरुलाई आर्थिक, सामाजिक तवरले अगाडि बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । तालिममा वालिङ क्याम्पस सहित अन्य क्याम्पसमा स्नातक तह अध्ययनरत ३५ जना छात्राहरुको सहभागिता रहेको छ । एक हप्ता संचालन हुने तालिममा मनिल श्रेष्ठ, कृति देवा, सानिया गिरी, किरण खत्रि, काजल मर्हजन, दिपा राई, प्रेरणा पासवान, सजिना कालिकोटे र हेमा थापाले प्रशिक्षण दिनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...