समाचार
जनप्रतिनिधि र पार्टीका पदाधिकारीबीच छलफल
आँधीखोला खबर
वालिङ, १६ जेठ ।
गल्याङमा जनप्रतिनिधि र पार्टीका पदाधिकारी तथा प्रतिनिधिबीच छलफल भएको छ । नेपाली कांगे्रस क्षेत्र नं. २ को आयोजनामा जिल्लाका विभिन्न नगरपालिकाहरुमा अन्र्तक्रिया गर्ने अभियान अन्र्तगत सोमबार गल्याङमा गरीएको हो । यसअघि चापाकोटमा यहि कार्यक्रम सम्पन्न भईसकेको छ । क्रमश भीरकोट, वालिङमा समेत अन्र्तक्रिया तथा कार्यक्रम हुनेछ । कार्यक्रममा गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले पार्टीसंगको सहकार्य र समन्वयमा अगाडि बढ्ने बताउनुभयो ।
नगरलाई समृद्ध बनाउन तथा नागरिकलाई सिहंदरबारको अधिकार घरघरमा महशुस हुने खालका योजनाहरु गल्याङले अगाडि सारेको भन्दै नेपाली कांगे्रसबाट निर्वाचित भएका जनप्रतिनिधिहरु भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको बताउनुभयो । कार्यक्रममा पार्टी सभापति श्यामप्रसाद बस्यालले जनप्रतिनिधि सफल हुनु भनेको पार्टी सफल हुनुभएकाले आवश्यक सुझावका साथ जनप्रतिनिधि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस क्षेत्रिय सभापति दिलिपप्रताप खांणले पार्टी र स्थानीय सरकारबीच सहजता ल्याउनका लागी क्षेत्र नं. २ ले जनप्रतिनिधि र पार्टीबीचमा अन्र्तक्रिया कार्यक्रम गरेको भन्दै पार्टीको तर्फबाट पालिकालाई सफल बनाउन आवश्यक सुझाव तथा प्रतिक्रियाहरु दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले पालिका पालिकामा अन्र्तक्रिया गरिनुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा निर्वाचित प्रमुख तथा उपप्रमुख वडा अध्यक्षहरु, वडा सदस्यहरु र पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।