समाचार
बयरघारीमा जनप्रतिनिधि र पार्टीबीचमा छलफल तथा अन्र्तक्रिया
आँधीखोला खबर
वालिङ, १७ जेठ ।
भीरकोटको बयरघारीमा जनप्रतिनिधि र पार्टीबीचमा छलफल तथा अन्र्तक्रिया सम्पन्न भएको छ । नेपाली कांगे्रस क्षेत्रिय कार्यसमितिको आयोजना र भीरकोट नगर समितिको व्यवस्थापन तथा समन्वयमा कार्यक्रम गरिएको हो । जनप्रतिनिधिहरुले जनभावना बुझेर कार्ययोजना बनाउनुपर्ने, पार्टीले घोषणा गरेका प्रतिवद्धताहरु पुरा गर्दै जनउत्तरदायी भएर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिईएको छ ।
नेपाली कांगे्रस क्षेत्रिय समितिले जिल्लाका विभिन्न पालिकाहरुमा यस्ता कार्यक्रम गर्दै आएको छ । नेपाली कांगे्रसबाट निर्वाचित जनप्रतिनिधिहरु अझ बढी जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै जनप्रतिनिधि सफल हुँदा पार्टी सफल हुने भएकाले जनताको भावना अनुसार काम गर्न कार्यक्रममा सुझाव दिईएको थियो । कार्यक्रममा पुर्व जिल्ला सभापति खगेन्द्रप्रसाद रेग्मीले जनप्रतिनिध जनताको सेवक भएकाले जनताको काममै समर्पित भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निर्वतमान नगरपमुख छायाराम खनाल, वर्तमान नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, धु्रव खांण, नगरउपप्रमुख भगवती रेग्मी, निर्वतमान उपप्रमुख सिमा केसीकर्माचार्यलगायतले बोल्नुभएको थियो । नेपाली कांगे्रस भीरकोट नगरसभापति यामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन क्षेत्रिय सचिव फणिनारायण रेग्मी दिपकले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष, सदस्य, पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ३४ जनाले आफ्ना सुझावहरु प्रस्तुत गरेका थिएभने डेढ सयको सहभागिता रहेको थियो ।