अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तुलसीको बीजारोपण गरी निर्जला एकादशीको व्रत गरिँदै

news

 

जेठ १७,  काठमाण्डौ – आज निर्जला एकादशी तुलसीको बीजारोपण गरी व्रत गरिँदैछ । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ ।

आज रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ।

आजका दिन सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । पूर्वीय दर्शन परम्पराको मैथिल परम्परामा जेष्ठ शुक्लपक्ष लाग्ना साथ दशहरा स्नान मेला प्रारम्भ हुन्छ ।

जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजाका लागि फूलको दल राख्ने र त्यसको भोलिपल्ट आज एकादशीको दिन तुलसीको दल राख्ने गरिन्छ ।

निर्जला, हरिशयनी र हरिवोधनी एकादशीलाई विशेष मानिन्छ । आज तुलसी विजारोपण गर्ने, हरिशयनीमा बिरुवा मठमा रोप्ने र हरिवोधनीमा तुलसीको विवाह गर्ने चलन छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...