समाचार
स्याङ्जाका स्थानीय तहलाई गत वर्षभन्दा कम बजेट विनियोजन
आँधीखोला खबर
वालिङ, १८, जेठ ।
सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्व ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको छ । जिल्लाका पालिकालाई यसपटक विनियोजन भएको रकम आर्थिक वर्ष २०७८।७९ भन्दा २ करोड ४६ लाख कम हो । गतआर्थिक वर्ष ४ अर्व ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएकोमा अहिले ४ अर्व ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ । पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका र आधिँखोला गाउँपालिकाको बजेट गतवर्षभन्दा बढी र अन्य पालिकामा कम विनियोजन भएको छ ।
यो वर्ष विनियोजन भएको रकम मध्ये स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७५ करोड ४ लाख र ६ गाउँपालिकाको लागि १ अर्ब ८८ करोड ७४ लाख विनियोजन गरिएको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ७२ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई ४० करोड २२ लाख विनियोजन गरिएको छ ।
गल्याङ नगरपालिकालाई जम्मा ५२ करोड ८५ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १२ करोड २८ लाख, सशर्त अनुदानअन्तर्गत ३८ करोड ७ लाख, विशेष अनुदानमा १ करोड ५० लाख र समपुरक अनुदानमा १ करोड गरी जम्मा रु ५२ करोड ८५ लाख विनियोजन गरेको छ ।
त्यस्तै गरी चापाकोट नगरपालिकालाई जम्मा ४८ करोड ७९ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ९ करोड ९९ लाख, सशर्त अनुदानअन्तर्गत ३२ करोड ४५ लाख, विशेष अनुदान ३ करोड र समपुरक अनुदानमा ३ करोड ३५ लाख गरी जम्मा रु ४८ करोड ७९ लाख विनियोजन गरेको छ ।
पुतलीबजार नगरपालिकालाई जम्मा ७२ करोड २८ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १३ करोड ८० लख, सशर्त अनुदानअन्तर्गत ५६ करोड ३८ लाख, विशेष अनुदानमा ७० लाख र समपुरक अनुदानमा १ करोड ४० लाख गरी जम्मा रु ७२ करोड २८ लाख विनियोजन गरेको छ ।
त्यस्तै भीरकोट नगरपालिकालाई जम्मा ४० करोड २२ लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ११ लाख, सशर्त अनुदानअन्तर्गत २७ करोड ६६ लाख, विशेष अनुदान १ करोड ८५ लाख र समपुरक अनुदानमा ६० लाख गरी जम्मा रु ४० करोड २२ लाख विनियोजन गरेको छ ।
वालिङ नगरपालिकालाई जम्मा ६० करोड ९० लाख विनियोजन गरेको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १४ करोड ९६ लाख, सशर्त अनुदानअन्तर्गत ४१ करोड ४४ लाख, विशेष अनुदानमा १ करोड ५० लाख र समपुरक अनुदान ३ करोड गरी जम्मा रु ६० करोड ९० लाख विनियोजन गरेको छ । गाउँपालिकामा सबैभन्दा बढी आधिँखोला गाउँपालिकालाई ३५ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम फेदीखोला गाउँपालिकालाई २६ करोड ९९ लाख विनियोजन गरिएको छ ।
अर्जुन चौपारी गाउँपालिकालाई २८ करोड ९४ लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ८ करोड १२ लाख, सशर्त अनुदानअन्तर्गत १९ करोड २२ लाख, विशेष अनुदानमा ८० लाख, समपूरक अनुदानमा ८० लाख गरी जम्मा रु २८ करोड ९४ लाख विनियोजन गरेको छ ।
त्यस्तै गरी आँधिखोला गाउँपालिकालाई ३५ करोड ८७ लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु ८ करोड ३८ लाख, सशर्त अनुदानअन्तर्गत २४ करोड ६९ लाख, विशेष अनुदानमा १ करोड १५ लाख र समपूरक अनुदानमा १ करोड ६५ लाख रहेको छ ।