अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

चापाकोटबासीले शुद्ध खानेपानीको उपभोग गर्न पाउने

 
आँधीखोला खबर
वालिङ, २१ जेठ ।
स्याङ्जाको चापाकोटबासीले अब शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन् । चापाकोट नगरपालिका वडा नम्वर १० किसानका नागरिकहरुका लागि शुद्ध खानेपानीको व्यवस्था गरिने भएको हो । किसान खानेपानी तथा सरसफाई आयोजनाले १ सय ५० घरधुरीका लागि शुद्ध खानेपानी उपभोग गर्न पाउने वडा अध्यक्ष रामु कोइरालाले जानकारी गराउनुभयो ।
आयोजनाले एक घर एक धारा अन्तर्गत १ सय ३० घरलाई खानेपानी वितरण गर्दै आएको थियो । संघीय सरकारले किसान खानेपानी तथा सरसफाई आयोजनालाई खानेपानी व्यवस्थापनका लागि गतवर्ष ४० लाख विनियोजन गरेको थियो । यस अन्तर्गत दायित्व भुक्तानी रहेको बाँकि १२ लाखमा अहिले खानेपानी शुद्धिकरणका लागि फिल्टर व्यवस्थापनको काम भैरहेको छ । किसानस्थित समथर बस्तीदेखि करिव ४ सय मिटर माथि खानेपानीको ट्याङ्की रहेको छ भने पानी फिल्टर व्यवस्थापनका लागि काम भैरहेको छ ।
योसँगै अब थप २० सहित १ सय ५० घर धुरीलाई शुद्ध खानेपानीको व्यवस्था हुने अध्यक्ष कोइरालाले बताउनुभयो । अध्यक्ष कोइरालाका अनुसार १० वर्ष अगाडि ६ रोपनी जग्गा किनेर आयोजनाले खानेपानी व्यवस्थापनको काम सुरु गरेको थियो । यसका लागि जिल्ला खानेपानी स्याङ्जाले रु.५ लाख प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो ।
पर्सा जिल्लाको अमलेखगञ्जबाट बालुवा ल्याएर पानी फिल्टरको व्यवस्थापनको काम गर्न लागिएको संघीय खानेपानी तथा ढल निकास पोखराका प्राविधिक सुरेन्द्र गौतमले बताउनुभयो । आयोजना अन्तर्गतका उपभोक्ताहरुले अब शुद्ध खानेपानी उपभोग गर्न पाउँने प्राविधिक गौतमको विश्वास छ । कुनैबेला मूलबाट या वर्षातका कारण पानी धमिलो आएमा पनि कुनै समस्या नहुने उहाँले उल्लेख गर्नुभयो ।
यसका साथै ४ सय भन्दा बढी विद्यार्थी रहेको किसान बहुप्राविधिक शिक्षालयले पनि शुद्ध पानी उपभोग गर्ने आयोजनाका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...