समाचार
विश्व वातारण दिबसमा वालिङ नगरपालिका र वालिङ जेसीजको आयोजनमा प्रभातफेरी र प्रवचन
आँधीखोला खबर
वालिङ, २३ जेठ ।
संयुक्त राष्ट्रसङ्घको मूल नारालाइ स्थानीयकरणगर्दै वालिङ नगरपालिका र वालिङ जेसीजको अयोजमानमा रग्ल्म्ए नेपाल ग्लोबल प्रा.लि, वालविद्याविकास मा.विको सहयोगमा प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौ भन्ने नाराका साथ प्रभातफेरी र प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ । बालविद्याविकास मा.वि वालिङ बाट शुरु भएको प्रभातफेरी कार्यक्रम वालिङ नगरपालिकाका सभाहलमा प्रबचन सहित सम्मन्न भएको थियो ।
प्रबचन कार्यक्रममा बोल्दै वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खाँणले मानिसहरुको आवश्यकता र आकाङक्षाले प्रकृतिको दोहोन भईरहेको भन्दै यसले विश्वव्यापी जलवायु परिर्वतन जैविक विविधताको ह्रासका साथै अत्याधिक प्रदुषणको चुनौती रहेको बताउनुभयो । त्यसका लागि आफ्नो घर वरपर वातावरण सफा राख्दै वन, बनस्पती, कृषि तथा जीवहरुको पर्यावरणीय सम्बन्धलाई जीवन मुखी बनाउनुपर्ने उँहाको भनाइ छ ।
वालिङ नगरपालिका उप–प्रमुख कविता तिवारी गैह्रेले स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्राकृतिक वातावरणलाई दिगो संरक्षण गर्दै वातावरण र विकास तथा सुचना प्रविधिबाट सन्तुलन कायम राख्न सवै प्रतिबद्ध हुनुपर्ने आवश्यकता रहेको बाताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै वालिङ जेसीजवर्ष २०२३ का अध्यक्ष मणि प्रसाद अर्यालले वातावरण संरक्षणका लागि नेपालमा राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने आवश्यकता भएको कारण वालिङ नगरपालिकाको यस्ता कार्यक्रमहरुमा सहयोगीको भुमिका खेल्ने भन्दै अवका दिनमा यस्ता कार्यक्रम गर्नका लागि नगरपालिकाले आवश्यता हेरि बजेट विनियोजन गरिदिन पनि आग्रह गर्नुभएको थियो ।