अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङ १२ मा विद्यार्थीलाई ठेउलाको संक्रमण, डब्युएचओको टोलीद्धारा नमुना संकलन

news

 
आँधीखोला खबर
वालिङ, २५ जेठ ।
वालिङ १२ सिर्सेकोट कोखेमा विद्यार्थीलाई ठेउलाको संक्रमण देखिएको छ । विद्यार्थीहरुमा एउटै खालका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वोरो आउने समस्या देखिएको थियो । विगत ५ दिनदेखि विद्यार्थी तथा समुदायका व्यक्तिलाई समेत गरी धेरै संख्यामा संक्रमण देखिएपछि मंगलबार जनस्वाथ्य कार्यालय, वालिङ गह्रौँ अस्पतालका स्वास्थ्यकर्मीकोे टोलीले परिक्षण गरी औषधी प्रदान गरेका थिए । शुरुमा एकदुई जना हुँदै विद्यालयका २० जना विद्यार्थीलाई समेत संक्रमण देखिएको हो । 
धेरै संख्यामा एकैपटक विद्यार्थी र समुदायका अन्यमा समेत संक्रमण देखिएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधिहरु समेत सिर्सेकोट पुगेका थिए । उक्त टोलीले संक्रमणको नमुना परिक्षणका लागी स्वाब तथा रगत संकलन गरि लगेका छन् । लक्षण अनुसार ठेउला भएको प्रारम्भिक चरणले देखाएपनि धेरै संख्यामा देखिएकाले नमुना परिक्षणका लागी काठमाडौ लगिँदैछ । रोग सरुवा भएकाले सामाजिक दुरी कायम गरी हावाबाट बच्न आग्रह गरिएको छ । समुदायमा सचेतना लगाउने, सावधानी अपनाउन आग्रह गरिएको वालिङ नगरपालिका स्वास्थ्य साखाप्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । त्यहाँको विद्यालय आउँदो शुक्रबारसम्मका लागी बन्द गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...