अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बगाले प्रेस युनियन स्याङजाको अध्यक्षमा चयन

news

 
रेडियो आँधीखोला
वालिङ, २७ जेठ ।
प्रेस युनियन स्याङजाको नवौं अधिवेशन तथा साधरण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त अधिवेसनले आगामी कार्यकालका लागी तोलाकान्त बगालेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मि रहनुभएको छ । त्यस्तै सचिवमा शंकर सुवेदी र कोषाध्यक्षमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने अन्य सदस्य रहनुभएको छ ।
 
निकै लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहनुभएका बगाले २०६४ सालमा पत्रकारीता क्षेत्रमा प्रवेश गरी कलम  चलाउन शुरु गुर्नभएको थियो । यो समयमा उहाँले विभिन्न सञ्चार माध्यममा आवद्ध रहेर आफ्नो सफल भुमिका निर्वाह गर्नुभएको छ साथै विभिन्न क्षेत्रमा उहाँले अतुलनिय योगदान पनि पु¥याउनुभएको छ । पत्रकारीता क्षेत्रमा निकै अब्बल पत्रकार मानिने उहाँ रेडियो आँधीखोलामा कार्यक्रम सञ्चालकको रुपमा २०६४ सालमा प्रवेश गर्नुभएको थियो । कार्यक्रम सञ्चालक, प्राविधिक, समाचार प्रमुख हुँदै स्टेशन म्यानेजरको रुपमा अहिले कार्यरत हुनुहुन्छ ।  उहाँ यस अघि प्रेस युनियन स्याङजाको सचिव पद तथा उपाध्यक्ष पदमा १÷१ कार्यकालमा रहिसक्नुभएको छ ।
 
साथै उहाँ राष्ट्रिय समाचार समिति (रासस), आर्थिक अभियान राष्ट्रिय दैनिक, आदर्श समाज राष्ट्रिय दैनिकमा समेत आवद्ध रहनुभएको छ । उहाँ पछिल्लो समय बुलेटिन नेपालको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । 
 
यस्तै अधिवेशन तथा साधारण सभाका अवसरमा ६ जना पत्रकारहरु नगद सहित विभिन्न पुरस्कारले सम्मानित हुनुभएको छ । युनियनले प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।
यसैगरी खुमा अर्याल फाउण्डेसनद्धारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने,रुद्र जमुना शैक्षिक प्रतिस्ठानद्धारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्धारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट राम प्रसाद भट्टराई पुरस्कृत गरिएको प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले जानकारी दिनुभयो । पुरस्कारको राशी रु ५ हजार र प्रमाणपत्र रहेको युनियनले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...