अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

क्षेत्र नं. २ द्धारा क्षेत्रिय सम्मेलन तथा सम्मान

news

 
आँधीखोला खबर
वालिङ, २८ जेठ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नागरिकलाई शुसासन महशुस गर्ने गरी काम गर्ने बताउनुभएको छ । शनिबार नेपाली कांगे्रस क्षेत्र नं. २ स्याङ्जाद्धारा प्रथम क्षेत्रिय सम्मेलन, रक्तदान तथा सम्मान कार्यक्रम सहित विविध सांस्कृतिकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भ्रष्टचारीलाई कारबाही गरी देशमा शुसासन कायम गर्नुपर्ने बताउनुभएको हो । 
 
भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै अनुसन्धानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउने र दोषीलाई उम्कने वातावरण सृजना नहुाने मन्त्री गुरुङले बताउनुभयो । नेपालमै रहेका संभावनाहरुको उजागर गरी देशलाई आत्मनिर्भर बनाउनुपर्ने भन्दै नेपालमा गाँजाखेतिलाई कानुनले मान्यता दिने गरी काम अगाडि बढेको भन्दै अव देशका गाँजा खेति हुने स्थानहरुमा यसको व्यवसायिक खेति गरिने बताउनुभयो ।  औषधीय प्रयोजनका लागि गाँजा खेती गरिने भन्दै यसको लागी आवश्यक कानुन निर्माण गरी यसका मापदण्डहरु समेत रहने मन्त्री गुरुङको भनाई छ ।
क्षेत्रिय समितिले सम्मेलनका अवसरमा वालिङ बहुमुखी क्याम्पसमा निर्वाचित भएका स्ववियु सभापति, पदाधिकारी तथा टिमलाई सम्मान गरेको हो । रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।  कार्यक्रममा गण्डकी प्रदेश सांसद भोजराज अर्याल र कल्पना तिवारी, पुर्व सांसद मोहन पाण्डे, जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, वालिङ नगर उपप्रमुख कविता तिवारी, युवा नेता विष्णु पौडेल र गल्याङ नगरसभापति श्यामप्रसाद बस्याललगायतले बोल्नुभएको थियो । 
सम्मेलनको खुला सत्रमा पार्टीका ३० जनाले आआफ्ना जिज्ञासा तथा सुझावहरु राखेका थिए । कार्यक्रममा अन्य पार्टी परित्याग गरी कांगे्रसमा प्रवेश गरेका छन् । क्षेत्रिय सभापति दिलिपप्रताप खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति अर्जुनप्रसाद खनाल र संचालन सचिव फणिनारायण रेग्मी दिपकले गर्नुभएको थियो ।।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...