अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आँधीखोला सरसफाई अभियानको २४औँ हप्ता, टोलटोलमा सचेतना तथा अनुरोधात्मक कार्यक्रम

news

 
आँधीखोला खबर
वालिङ, २८ जेठ ।
आँधीखोला सरसफाई अभियानको २४औँ हप्ताको अवसरमा टोलटोलमा सचेतना तथा अनुरोधात्मक कार्यक्रम गरिएको छ । आजभन्दा ६ महिना अगाडि यहाँका केहि युवाहरुले आँधीखोला संरक्षण सरोकार मंच गठन गरी सरसफाई अभियान शुरु गरेका थिए । सरसफाई अभियानममा विभिन्न संघसंस्था, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, कर्मचारीलगायत आम सर्वसाधारणको सहभागिता र सक्रियातामा सरसफाई अभियानले २४औँ हप्तासम्म आईपुगेको हो ।
आँधीखोला सरसफाईमा खोलाको करिव ८० प्रतिशत फोहोर निकालिएको अभियानका अभियन्ता प्रकाश अर्यालले बताउनुभयो । सरसफाईको २२औँ हप्तासम्म खोलाकिनार सरसफाई गरिएको भन्दै २३औँ र २४औँ हप्ता भने सचेतनामुलक तथा अनुरोधात्मक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
यी दुई हप्तामा टोलटोलमा पुगेर आँधीखोलामा फोहोर नफालौँ, फोहोर फालेमा जरिवाना गरौँ, आँधीखोलाको सुन्दरतालाई स्वच्छ र सफा राखौँ भन्दै टोलटोलमा पुगेर अनुरोध गरिएको उहाँको भनाई छ । आगामी २५औँ हप्तादेखि पुनः सरसफाई कार्यलाई निरन्तरता दिईने अर्को अभियन्ता टिकराज गुरुङले बताउनुभयो । ऐतिहासिक तथा  धार्मिक महत्व रहेको आँधीखोलालाई सफा राख्दा हाम्रो वातावरण समेत स्वच्छ रहने भन्दै धार्मिकसंगै स्वच्छता र सुन्दरता समेत संगै जोडिएको हुँदा आँधीखोलामा फोहोर नगर्न आग्रह गर्नुभयो ।
श्रवणकुमारका बुवाआमासंग जोडिएको आँधीखोलाको सभ्यता तथा अस्तित्व संकटमा पर्न थालेको भन्दै सरसफाई अभियानमा जुटेको अभियन्ता गुरुङले बताउनुभयो । आँधीखोला सफाईबाट उत्पे्ररित भई अन्य पालिकाहरुमा समेत सरसफाई अभियान शुरु गरिएको भन्दै आँधीखोलालाई पुरानै लयमा फर्काउन यो अभियानले प्रयास गरेको गुरुङको भनाई छ । आजको सप्ताहमा बालविद्या चोक, हेल्थपोष्ट चोक, वनविभाग टोल, डाईमण्ड टोल, छिस्तुङ हुँदै भुम्रे टोलमा गरी विभिन्न ६ टोलहरुमा गरिएको कार्यक्रममा त्यहाँको टोल संयोजक तथा प्रतिनिधिले फोहोर आँधीखोलामा नफाल्ने, फाल्न नदिने प्रतिवद्धता जनाएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...