अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पानी नआएपछि वालिङमा बाजागाजा सहित भ्यागुताको विवाह

news

 
आँधीखोला खबर
वालिङ, २८ जेठ ।
वालिङमा पानी नपरेपछि भ्यागुताको विवाह गरिएको छ । लामो समयको खडेरीका कारण अन्नबाली तथा तरकारी बाली र जनजिवन समेत प्रभावित भएपछि भ्यागुताको विवाह गरेर पानी मागिएको हो । वालिङ क्षेत्रमा दैनिक तापक्रम बढ्दो रहेको छ । दैनिक ३७ डिग्रि तापक्रम हुँदा मकैखेति सुक्न थालेका छन् भने लहरेबालीले उत्पादन दिन छाडेका छन् भने झ्याल नै सुक्न थालेका छन् । 
वालिङ ८ ब्याङतुङबाट बाजागाजा सहित जन्ती गएर वालिङ ६ को भरुवामा भ्यागुताको विवाह गरी इन्द्रदेवसंग पानी मागिएको छ । ब्याङतुङका महिला तथा पुरुषहरु सहभागि भ्यागुताको विवाह कार्यमा विधिपुर्वक पुजापाठक गरी विभिन्न पकवान बनाई विवाहको प्रसादको रुपमा समेत ग्रहण गरिएको छ । 
वालिङ ८ का स्थानीय गोपालधन सुवेदीका अनुसार लामो समयको खडेरीका कारण उत्पादन घट्ने चिन्तामा रहेका कृषकहरुले भ्यागुताको विवाह गरी इन्द्रदेवसंग पानी मागेमा वर्षा हुने जनविश्वासका साथ विवाह कार्य गरिएको हो । लामो समयको खडेरीका कारण तापक्रम बढेपछि जनजिवन कष्टकर बनेको छ भने धानचमर लिएका मकै सुक्न थालेका छन् । खेतबारीमा मकै सुक्न थालेको र धानको व्याड राख्ने समस्या भएको तथा कोदोको बिउ समेत सुक्न थालेको भन्दै कृषकहरु चिन्तित बनेका छन् । हिजो स्याङजा सदरमुकाममा भने हल्का वर्षा भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...