अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङमा लम्पी स्किन देखियो, पशु शाखाले भ्याक्सिन लगाउन थाल्यो

news

 
आँधीखोला खबर
वालिङ, २९ जेठ ।
स्याङ्जाको वालिङमा पशुहरुमा लम्की स्किन देखिन थालेपछि भ्याम्सिन लगाउन थालिएको छ । पशुमा लाग्ने रोग “लम्की स्किन” देखिएपछि रोग विरुद्ध भ्याक्सिन लगाउन थालिएको हो ।
देशका विभिन्न जिल्लाहरुमा फैलिएको लम्की स्किन वालिङमासमेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरुमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भईरहेको छ । गाईगोरु तथा भैँसीहरुका लागि लम्की स्किन रोग विरुद्ध लम्की शील्ड एन भ्याक्सिन लगाईएको छ । वालिङ ९ सुकौँदीमा रहेको गौशालाका गाईहरुमा पहिलो पटक लम्की स्किन देखिएको थियो ।
गौशालामा रहेका करिव १५ गाईहरुमा लम्की स्किनको लक्षण देखिएको थियो । यसमध्ये १० ओटा गाईहरुको नमुना परीक्षणका लागि क्षेत्रीय पशु तथा अनुसन्धान पोखरामा पठाईएको थियो । अनुसन्धानले ४ गाईहरुमा लम्की स्किन पुष्टी गरेपछि यसविषयमा कृषकहरुलाई जनचेतना जगाउने र स्वस्थ पशुहरुमा भ्याक्सिन लगाउने कार्य गरिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख लेखनाथ अर्यालले जानकारी दिनुभयो ।
अहिले गौशालामा लम्की स्किन देखिएका गाईहरु निको भएका छन् । त्यस्तै वडा नं. ९, १२, १४ र ५ मासमेत लम्की स्किन देखिएपछि नगरपालिका पशु शाखाले विभिन्न सञ्चार माध्यमबाट जनचेतना जगाउने तथा विभिन्न तालीमका अवसरहरुमा यससम्बन्धी कृषकहरुलाई सचेत गराउने गरिएको प्रमुख अर्यालले बताउनुभयो । नगरपालिकाले २५ सय डोज भ्याक्सिन किनेर अहिले पशुरुमा खोप लगाउने कार्य गरिएको छ ।
लम्पी स्किनबाट बच्न भ्याक्सिन मात्रै एक विकल्प हो । शुरुमा नगरपालिकाका १४ वटै वडामा पुगेर व्यवसायिक फर्महरुमा खोप लगाईएको उहाँले बताउनुभयो । यो भ्याक्सिन रोगको लक्षण देखिएका गाईगोरुमा भने लगाउनु हुँदैन । अव वडा नं. ८ का केहि फर्म र १ को केहि फर्महरु बाँकी रहेको र अन्य व्यवसायिक फर्महरुमा रहेका गाईगोरु तथा भैँसीलाई खोप लगाईएको छ ।
प्रमुख अर्यालका अनुसार‘आईतबार वडा नं. ४, ५ र ११ का कृषकहरुको घरघरमा रहेका पशुहरुमा खोप लगाईएको छ । कृषि प्राविधिकहरुले कृषकहरुलाई रोग सम्बन्धी जानकारी गराउँदै आएका छन् ।’ यो रोग लागेमा पशुको शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलिने, दूध दिन छाड्ने र अन्तमा पशुको मृत्यु समेत हुन सक्छ । पशुहरुमा यस्ता लक्षण देखिएको पशुलाई अलग राख्ने, मान्छेको आवात—जावात रोक्ने र तुरुन्त वडा कार्यालय, नगरपालिका तथा पशु शाखा कार्यालयमा खबर गर्न पशु शाखा वालिङले आग्रह गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...