अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

लामो समयको खडेरीपछि वालिङमा वर्षा, जनजीवन सामान्य

news

 
रेडियो आँधीखोला
वालिङ, ३० जेठ ।
लामो समयको खडेरीपछि वर्षा हुँदा कृषकहरु खुसी भएका छन् । खडेरीका कारण सुक्न थालेका खाद्यान्न बालीमा वर्षा भएपछि राहत मिलेको छ । दिनहुँजसो अत्याधिक तापक्रम वृद्धि भएपछि निकै गर्मी महशुस गरिएको स्याङ्जामा सोमबारको वर्षाले राहत मिलेको हो । घोँगा लागेका मकै तथा मुखैमा धानचमर लिएका मकैबाली लामो समयको खडेरीका कारण सुक्न थालेका थिए भने धानको ब्याड तथा कोदोको बिउ समेत सुक्न थालेको थियो । 
खडेरीका कारण ओईलिएका खाद्यान्नबाली तथा मकैबाली  वर्षाका कारण हरियो देखिएका छन् । अत्याधिक गर्मीका कारण जनजिवन नै प्रभावित भएका बेला सोमबार परेको वर्षाले जनजिवन समेत सामान्य बनेको छ । सामान्यतय नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । मौसमविदले दुईदिन दिन ढिला मनसुन भित्रने अनुमान गरेपनि सोमबार भएको वर्षाले यहाँको जनजिवनलाई शितलता प्रदान गरेको छ । धुलाम्मे सडक तथा कच्ची ग्रामिण सडकहरुलाई राहत मिलेको छभने विषेश गरी वन्यजन्तुको आक्रमण र खडेरीका कारण निराश भएका कृषकहरु वर्षाले खुसी भएका छन् ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...