अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

गल्याङमा ब्याडमिण्टन कभर्ड हलको शिलान्यास

news

 
आँधीखोला खबर
वालिङ, ३० जेठ ।
स्याङ्जाको गल्याङमा ब्याडमिण्टन कभर्ड शिलान्यास गरिएको छ । गण्डकी प्रदेश, खेलकुद मन्त्रालय र गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा निर्र्माण गर्न लागिएको कभर्ड हल निर्माण गर्न गण्डकी प्रदेश सरकारको ४० लाख, खेलकुद मन्त्रालयको ८ लाख र गल्याङ नगरपालिकाबाट विनियोजित ५ लाख गरी कूल ५३ लाखको लागतमा निर्माण सम्पन्न हुनेछ ।
खुल्ला ठाउँ तथा बुटवल पावर कम्पनीको कभर्ड हलमा हुँदै आएको ब्याडमिण्टनलाई थप ब्यवस्थित बनाउन ‘डबल कोर्ट’ कभर्ड हल निर्माण थालिएको गल्याङ ब्याडमिण्टन क्लबका अध्यक्ष सुरेश सुबेदीले बताउनुभयो । पछिल्लो समय स्याङ्जाका अधिकांश भागमा ब्याडमिण्टन खेलहरु धेरै हुने गरेका छन् । ब्याडमिण्टनप्रति युवाहरुको आकर्षण बढ्दै जाँदा गल्याङ ब्याडमिण्टन क्लबले ब्यवस्थितरुपमा खेल सञ्चालन गर्न कभर्ड हल निर्माणमा जोड दिएको अध्यक्ष सुबेदीले बताउनुभयो ।कभर्ड हलको गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले शिलान्यास गर्नुभएको हो । 
खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्ने विश्वास उहाँको छ । यहाँको युवाहरुको आकर्षण ब्याडमिण्टनप्रति बढ्दै जाँदा सुविधा सम्पन्न कभर्ड हलको आवश्यकता महशुस भएकाले बजेट विनियोजन गरी निर्माण थालिएको उहाँले बताउनुभयो । विकास निर्माणका क्रममा पालिका तथा वडासँग समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नकालागि नगरपालिकाले सोही अनुरुपको नीति तथा कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो । खेल क्षेत्रको विकास र खेलाडीहरुको क्षमता विकासका कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तरता दिंदै जाने प्रतिवद्धतासमेत जनाउनुभयो । कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याल, गल्याङ २ का वडा अध्यक्ष अशोक थापा, ३ का अध्यक्ष कृष्ण भट्टराई, क्लबका अध्यक्ष सुरेश सुबेदी, उपाध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुब) लगायतले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।
कभर्ड हल बनाउन जग्गा प्रदान गर्ने जग्गादाताहरु तथा कभर्ड हल बनाउन सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरुमा गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई , गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याल, गल्याङ २ का वडा अध्यक्ष अशोक थापा, ३ का अध्यक्ष कृष्ण भट्टराई, बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेल, समाजसेवी नामदेव भट्टराई, गल्याङ २ का प्राविधिक बुद्धिबल बिक, ३ का प्राविधिक बिष्णु गैह्रे, युवा समाजसेबी रफी खान, जग्गादाता प्रेमराज श्रेष्ठ, गंगाप्रसाद श्रेष्ठ र श्रीमती पूर्णीकला श्रेष्ठ, तेजमान श्रेष्ठ, श्रीप्रसाद श्रेष्ठ (महेन्द्र), लिलाप्रसाद श्रेष्ठ (अमृत) लगायतलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...