समाचार
वालिङमा सडक पेटीमा सामान राख्न र जथाभावी पार्किङ गर्न नपाईने
रेडियो आँधीखोला
वालिङ, ३१ जेठ ।
वालिङ नगरपालिकाले सडक पेटीमा सामान नराख्न र जथाभावी पार्किङ नगर्न अनुरोध गरेको छ । पछिल्लो समय बढ्दो बजारीकरण तथा मानिसको जनघनत्वका कारण साँघुरिएको सडक क्षेत्रलाई अव्यवस्थित बनाएको भन्दै वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी यस्तो अनुरोध गरेको हो ।
वालिङ नगरपालिकाभित्रको सिद्धार्थ राजमार्ग तथा भित्रि सडकहरुको पेटि मिचेर सामान विक्रिका लागी राखिएको र स्थानीय रुटमा चल्ने अटो रिक्सा, जिपहरुले जथाभावि पार्किङ गर्दा सडक सुरक्षामा चनौती देखिएको भन्दै नगरपालिकाले यस्तो आग्रह गरेको हो ।
बजार क्षेत्रमा छरपष्ट राखिएका विक्रिका सामाग्री र जथाभावी गरिने पार्किङले पैदल यात्रीलाई समेत निकै सास्ती भएको छ । साथै नगरपालिकाले ईजाजत नलिई र नवीकरण नगरी संचालन गरिएका अटो रिक्साहरु अनिवार्य यही असार १५ गतेसम्म ईजाजत तथा नविकरण गरेर मात्र संचालन गर्न आग्रह गरेको छ । यस सूचना पश्चात पनि सडक पेटिमा विक्रिका लागी सामानहरु राखेको भेटिएमा सामान जफत गरी कानुन अनुसार कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।