अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वर्षापछि धेरै ठाउँमा राहत, तर पश्चिम तराईमा भने गर्मी उस्तै

news

 

  जेठ ३१, काठमाण्डाै – पानी परेसँगै देशका धेरै ठाउँमा गर्मी घटेको छ । अधिकतम तापक्रम घट्दा गर्मी कम भएको हो ।

दुईतीन दिन यता काठमाण्डौसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर, पश्चिम तराईमा भने अझै पनि उखरमाउलो गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन । अझै एक दुई दिन पश्चिम तराईमा वर्षाको सम्भावना नरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अबको दुईतीन दिनसम्म नै पश्चिम तराईमा तातो हावा लू चल्ने सम्भावना छ ।

पश्चिम तराईबाहेकका ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । कोशी, वाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली छ ।  नेपालमा अहिले पश्चिमी वायुसँगै भारतको विहारमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...