समाचार
स्याङजाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी बालकको हत्या
आँधीखोला खबर
वालिङ, २ असार ।
स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालका अनुसार अर्जुनचौपारी ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुबेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बाल हर्षित देवकोटाको हत्या गरेका हुन् । शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात फरार रहेकोमा प्रहरीले पुतलीबजार १ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न सकेको छैन ।