समाचार
भीमटारी सामुदायिक सिकाई अध्ययन केन्द्रद्धारा स्वास्थ्य प्रशिक्षण तथा सरसफाईका सामाग्री वितरण
आँधीखोला खबर
वालिङ, ३ असार ।
भीमटारी सामुदायिक सिकाई अध्ययन केन्द्र वालिङ ८ को आयोजनामा स्वास्थ्य प्रशिक्षण तथा सरसफाई सामाग्री वितरण गरिएको छ । प्रशिक्षण तथा सरसफाई वितरण कार्यक्रमको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खाँडले परिवारका प्रत्येक सदस्यले आँफूले गरेको फोहर आँफै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । हामीले आँफूले गरेका फोहर अरुलाई गर्न लगाएर होइन आँफैले व्यवस्थापन गरेर मात्र व्यवस्थित हुने उल्लेख गर्नुभयो । जबसम्म नगरवासी सचेत हुन सक्दैनन् तवसम्म सरसफाई हुन नसक्ने उहाँको भनाई छ ।
२०६७ सालदेखि सर्वदलीय संयन्त्रले सुरु गरेको वालिङको सरसफाई व्यवस्थापन कार्यक्रमले देश तथा विदेशमा चर्चा पाएको नगर प्रमुख खाँडल उल्लेख गर्नुभयो । यो मुलुक यो ठाउँसम्म आउनुमा महिलाहरुको अहम भूमिका रहेको भन्दै कतिपय पुरुषबाट विगारिएका कामहरु महिलाले सुधारे उदाहरण रहेको उहाँको भनाई छ । सरसफाई व्यवस्थापनमा पनि महिलाहरु धेरै अगाडि रहेको भन्दै प्रत्येक टोलमा आमाहरुसँगै हामी सबै सरसफाईमा लाग्न सक्यौं भने सफलता मिल्ने नगर प्रमुख खाँडले औंल्याउनुभयो ।
समाज विकासमा सरसफाईले ठूलो महत्व राख्ने भन्दै हरेक राम्रो काम बालबालिकाहरुबाट थालनी गर्नुपर्ने उहाँको भनाई छ । सरसफाई व्यवस्थापनमा पनि बालबालिकाहरुलाई सानैदेखि सिकायौं भने हाम्रो घर परिवार समाज सरसफाई हुने नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपा
िलका कर्मचारी प्रशासन प्रमुख नारायप्रसाद रेग्मी, नेपाल आर्दश माध्यमिक विद्यालयका प्रधानाध्यापक होमकान्त गौतम, दिपक लम्साल, विष्णुप्रसाद अर्याल, चोलाकान्त अर्याललगायतले बोल्नुभएको थियो । वालिङ ८ का सबै टोलका अध्यक्ष तथा प्रतिनिधि, युवाक्लब, आमा समुहको सहभागिता रहेको कार्यक्रममा वडा नं. ८ मा रहेका २५ टोल विकास संस्था, क्लब, विद्यालयहरुलाई डष्टविन वितरण गरिएको सिकाई केन्द्रका अध्यक्ष नेत्रनारायण रेग्मीले बताउनुभयो ।
स्वस्थ्य प्रशिक्षणमा स्वस्थ्य तथा सरसफाई सम्बन्धी दुर्गाप्रसाद भण्डारी र आयुर्वेद स्वास्थ्य सम्बन्धी कविराज हरिप्रसाद अर्यालले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा सय भन्दा बढीको सहभागिता रहेको थियो । केन्द्रका अध्यक्ष नेत्रनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शिवप्रसाद अर्यालले गर्नुभएको थियो ।