अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

राप्रपा वालिङ नगरको बैठक सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ३ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) वालिङ नगरको बैठक सम्पन्न भएको छ । उक्त बैठकले युक्त प्रसाद तिवारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति पारित गरेको छ । जसको महिला उपाध्यक्षमा  खगिसरा न्यौपाने, सचिवमा प्रकास डुम्रे र कोषध्यक्षमा सिता पाठक चयन हुनुभएको छ भने अन्य सदस्य रहेका छन । 
जनजनमा मनमनमा बस्नेगरी काम गर्ने हेतुले कार्यसमिति चयन गरीएको सचिव डुम्रेले जानकारी गराउनुभयो । कार्यक्रममा पुर्व केन्द्रिय सदस्य छमकला कुँवर तथा स्याङजा क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष पुर्ण बहादुर थापाले संगठन बिस्तार गर्ने कार्य कमजोर भएको र यसलाई व्यवस्थित तरिकाले काम गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । साथै पार्टिलाई बलियो बनाउनको लागी सबै एकजुट हुनुपर्ने बताउनुभयो । आवश्यक पर्ने सहयोग तथा कार्यक्रमको लागी पहल गर्ने उहाँहरुको भनाई रहेको थियो । त्यस्तै प्रदेश २ (क) का अध्यक्ष सागर गैह्रे लगायतले बोल्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...