अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना, पहिरोको जोखिम

news

 

 असार ३,  काठमाण्डाै - कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएराति पनि यी दुई प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

मनसुन भित्रिएपछि गएको ३१ गतेदेखि गण्डकी र कोशीका पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेको मौसमविद् लामिछानेले बताउनुभयो । यसले गर्दा पूर्वी पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

पाँचथर र ताप्लेजुङमा गएरातिको पहिरोमा परेर १० जना बेपत्ता भएका छन् । पानी परिरहेको क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद् आग्रह छ ।

यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । यस्तै, तराईका एक/दुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...